दफा ३९
अधिकार प्रत्यायोजन
: आयोगले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये महसुल निर्धारण गर्ने, अनुमतिपत्र प्राप्त व्यक्तिहरू आपसमा गाभिन, संरचनाको खरिद बिक्री (सेल अफ प्लान्ट), प्राप्ति (एक्वीजिशन) वा ग्रहण (टेक ओभर) गर्न सहमति दिने तथा विवाद समाधान गर्ने अधिकार बाहेकका अन्य अधिकार आवश्यकता अनुसार अध्यक्ष, सदस्य, सचिव, दफा ३६ बमोजिम गठित उपसमिति वा कार्यटोली वा आयोगको अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।