नियम १३६
अधिकार प्रत्यायोजन
(१) समितिले ऐन र यस नियमावली बमोजिम आफूलाई प्राप्त केही अधिकार महासचिव, सचिव वा अन्य कुनै अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
(२) यस नियमावली वमोजिम कुनै अधिकारीलाई प्राप्त अधिकार आफ्नो सामान्य रेखदेखमा रही प्रयोग गर्ने गरी निजले आफू मातहतका कर्मचारीहरूलाई प्रत्यायोजन गर्न सक्ने छ ।