दफा ६१
अधिकार प्रत्यायोजन
बोर्डले यस ऐन बमोजिम आफूलाई प्राप्त केही अधिकार मातहतका पदाधिकारी वा समिति वा नेपाल सरकारको कुनै निकाय वा पदाधिकारीलाई र प्रमुख कार्यकारी अधिकृतले यस ऐन बमोजिम आफूलाई प्राप्त केही अधिकार आफ्नो मातहतको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।