दफा ३८
अधिकार प्रत्यायोजन
(१) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार कार्यकारी परिषद् वा उपकुलपतिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) कार्यकारी परिषद्ले यो ऐन वा ऐन अन्तर्गत बनेका नियमबमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार विश्वविद्यालयका कुनै पदाधिकारी वा विश्वविद्यालयको कुनै समितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(३) प्राज्ञिक परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमबमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार विद्या परिषद्लाई प्रत्यायोजन गर्न सक्नेछ ।
(४) सेवा आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार विश्वविद्यालयको कुनै समितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।