दफा २४
अधिकार प्रत्यायोजन
२४. अधिकार प्रत्यायोजन
(१) बोर्डले यस आदेश बमोजिम आपूmलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार अध्यक्ष, सदस्य, दफा १८ बमोजिमको उपसमिति वा सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले देहायका अधिकार प्रत्यायोजन गर्न पाउने छैन ः –
(क) दफा १५ बमोजिमको कार्यकारी प्रमुखको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी,
(ख) दफा १७ बमोजिमको छानवीन सम्बन्धी, वा
(ग) दफा १९ बमोजिमको पुरस्कार, सेवाको निरन्तरता र छानवीन प्रयोजनका लागि गरिने सिफारिस सम्बन्धी ।