दफा २५
अधिकार प्रत्यायोजन
(१) राष्ट्रिय परिषद्ले यो ऐन वा यस अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त भएको आवश्यकता अनुसार केही अधिकार राष्ट्रिय कार्यकारी समिति, प्रमुख आयुक्त वा सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) राष्ट्रिय कार्यकारी समिति, प्रमुख आयुक्त वा सचिवले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त भएको आवश्यकता अनुसार केही अधिकार कुनै निकाय वा पदाधिकारीलाई सुम्पन सक्नेछ ।