नियम ३३
अधिकार प्रत्यायोजन
(१) समितिले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार अध्यक्ष, उपाध्यक्ष, सदस्य वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) कार्यकारी निर्देशकले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार कोषका अन्य अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।