दफा १५५
अधिकृत वारिसको हैसियत अन्त्य हुने

(१) देहायका कुनै अवस्थामा यस परिच्छेद बमोजिमको अधिकृत वारिसको हैसियत स्वतः अन्त्य हुनेछ:-
(क) कुनै निश्चित काम, प्रयोजन र समयावधि किटान गरी दिएको अधिकृत वारिस त्यस्तो काम, प्रयोजन वा अवधिसमाप्त वा भुक्तान भएमा,
(ख) कुनै खास घटना वा अवस्था पूरा भएपछि वा त्यस्तो घटना वा अवस्था अन्त्य भएपछि कायम नरहने गरी दिएकोअधिकृत वारिस त्यस्तो अवस्था पूरा भएमा वा नरहेमा,
(ग) वारिस नियुक्त गर्ने व्यक्तिले राष्ट्रिय स्तरका कुनै दुई दैनिक समाचारपत्रमा सूचना प्रकाशन गरीवारिस बदर गरेमा,
(घ) वारिसनामा बमोजिमको काम पूरा हुनुअघि नै वारिस दिने वा वारिस लिने व्यक्तिको मृत्यु भएमा,
(ङ) वारिस मार्फत्‌ हक हस्तान्तरण वा सट्टापट्टा गर्ने भनिएको सम्पत्तिसम्बन्धित व्यक्ति नै आफैं उपस्थित भई हस्तान्तरण वा सट्टापट्टा गरेमा,
(च) वारिसनामा बमोजिमको सम्पत्तिकासम्बन्धमा वारिस नियुक्त गर्ने र वारिस हुने वा निजको एकासगोलको व्यक्ति बीच अदालतमा मुद्दा परेमा,
(छ) अधिकृत वारिसनामा दिने र लिने व्यक्ति बीच अदालतमा कुनै मुद्दा परेमा,
(ज) अधिकृत वारिस हुने व्यक्तिले त्यस्तो हैसियतमा काम गर्न अनिच्छा प्रकट गरी वारिस नियुक्ति गर्नेव्यक्तिलाई अधिकृत वारिसनामाको सक्कल प्रति सहित लिखित जानकारी दिएमा ।
(२) यस परिच्देछमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनु अघि नै तत्काल प्रचलित कानूनको रित पुर्याई प्रमाणितभइसकेको अधिकृत वारिसनामालाई यस परिच्छेदका कुनै कुराले असर पारेको मानिने छैन ।