दफा १०
अध्यक्ष तथा सदस्यको पद रिक्त हुने
देहायका अवस्थामा अध्यक्ष तथा सदस्यको पद रिक्त भएको मानिनेछ ः–
(क) नेपाल सरकार समक्ष दिएको लिखित राजीनामा स्वीकृत भएमा,
(ख) दफा ८ बमोजिम निजको पदावधि पूरा भएमा,
(ग) दफा ९ बमोजिम निजलाई पदबाट हटाइएमा,
(घ) कुनै फौज्दारी अभियोगमा अदालतबाट कसूरदार ठहरेमा, वा
(ङ) निजको मृत्यु भएमा
(च) निजको उमेर पैसठ्ठी वर्ष पूरा भएमा ।