दफा
अध्यक्ष तथा सदस्यको पारिश्रमिक र सुविधा

८. अध्यक्ष तथा सदस्यको पारिश्रमिक र सुविधा

(१) पदेन सदस्य बाहेक अध्यक्ष तथा सदस्यहरू बोर्डको पूर्णकालीन पदाधिकारी हुनेछन् ।
(२) अध्यक्ष बोर्डको प्रमुख प्रशासकीय प्रमुख हुनेछ ।
(३) अध्यक्ष तथा सदस्यहरूको पारिश्रमिक, सुविधा तथा अन्य व्यवस्था नेपाल सरकारले समय समयमा तोके बमोजिम हुनेछ ।
(४) अध्यक्ष तथा सदस्यले बोर्डको बैठकमा भाग लिए बापत नेपाल सरकारले समय समयमा तोके बमोजिम बैठक भत्ता पाउनेछन् ।