दफा २५
अध्यक्ष तथा सदस्यको सेवा, शर्त तथा सुविधा
: (१) अध्यक्ष आयोगको पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) अध्यक्ष र सदस्यको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त तोकिए बमोजिम हुनेछन्।
(३) उपदफा (२) बमोजिमको व्यवस्था नभएसम्म अध्यक्षको पारिश्रमिक तथा अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(४) अध्यक्ष वा सदस्यले आयोगमा कार्यरत रहँदा कुनै अनुमतिपत्र प्राप्त व्यक्तिसँग सम्बन्धित विषयमा कुनै निर्णय गरेको भएमा निज आयोगबाट सेवा निवृत्त भएको मितिले एक वर्षसम्म त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिसँग कुनै पनि रूपमा संलग्न हुन पाउने छैन ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “संलग्न” भन्नाले अनुमति पत्र प्राप्त व्यक्तिको सञ्चालक, कर्मचारी, विशेषज्ञ वा परामर्शदातृको रूपमा स्थायी, अस्थायी, करार तथा सम्झौतामा कार्य गर्ने अवस्था सम्झनु पर्छ।