दफा २३
अध्यक्षको काम, कर्तव्य र अधिकार
: अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) आयोगको प्रशासकीय प्रमुखको रूपमा कार्य गर्ने,
(ख) आयोगको काम कारबाहीमा नियमन, अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन गरी सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिने,
(ग) आयोगको बैठकलाई व्यवस्थित गर्ने,
(घ) तोकिए बमोजिमको अन्य कार्य गर्ने ।