दफा
अध्यक्षको काम, कर्तव्य र अधिकार

७. अध्यक्षको काम, कर्तव्य र अधिकारः

(१) यस आदेशमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त अध्यक्षको काम, कर्तव्य तथा अधिकार देहायबमोजिम हुनेछ ः–

(क) आयोगसँग सम्बन्धित काम समन्वयात्मक ढङ्गले सञ्चालन गर्ने गराउने,

(ख) सुदुर पश्चिम क्षेत्रको समग्र आर्थिक स्थिति, सञ्चालित योजना, कार्यक्रम र आयोजना कार्यान्वयनको स्थितिका बारेमा समय समयमा प्रधानमन्त्रीलाई जानकारी गराउने,
(ग) आयोगको नियमित बैठकको मिति, स्थान र छलफलको विषय स्वीकृत गर्ने,
(घ) आयोगले सम्पादन गर्नुपर्ने काम कारबाहीबारे सदस्यको जिम्मेवारी तोक्ने,
(ङ) सुदुर पश्चिमाञ्चल क्षेत्रका विभिन्न विषयगत कार्यालयका प्रमुख, क्षेत्रीय प्रशासक, क्षेत्रीय निर्देशकहरू एवं सुदुर पश्चिम क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरू बोलाई समयसमयमा सुदुर पश्चिम क्षेत्रको विकास निर्माण एवं सो को समन्वय गर्न बैठक आयोजना गर्ने,
(च) विकास निर्माण सम्बन्धमा सम्बन्धित निकायलाई अध्यक्षले निर्देशन दिने,
(छ) तोकिएबमोजिमका अन्य काम गर्ने गराउने ।

(२) आयोगका नियमित काम कारबाहीहरू अध्यक्षको निर्देशनअनुरुप सञ्चालन हुनेछन् ।
(३) उपदफा (१) को खण्ड (च) बमोजिम अध्यक्षले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित सबै निकायको कर्तव्य हुनेछ । अध्यक्षले यसरी दिएको निर्देशनका सम्बन्धमा सम्बन्धित मन्त्रालयलाई जानकारी गराउनु पर्नेछ ।