नियम १०
अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन
(१) अध्यक्षले आफू तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न बढीमा तीन जना सदस्यलाई मनोनीत गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा अध्यक्षले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछ ।