नियम १०
अध्ययन तथा तालीम सम्बन्धी व्यवस्था

(१) सेवामा कार्यरत कर्मचारीहरूलाई आवश्यकता अनुसार नेपाल सरकारले तोके बमोजिमका आधारभूत तथा अन्य तालीम दिनु पर्नेछ ।

(२) नेपाल सरकारले सेवाका राजपत्रांकित कर्मचारीलाई स्वदेश वा विदेशमा कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय तथा वहुपक्षीय वार्ता र सम्झौता मसौदा सम्बन्धी सीप, अन्तर्राष्ट्रिय कानुन, आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय व्यापार, अन्तर्राष्ट्रिय अध्ययन, अन्तर्राष्ट्रिय सुरक्षा रणनीति, जलवायु परिवर्तन तथा अन्तर्राष्ट्रिय भाषा लगायत सेवासंग सम्बन्धित विषयको अध्ययन तथा तालीमको उपयुक्त व्यवस्था गर्नेछ ।

(३) नेपाल सरकारले सेवाका राजपत्र अनंकित कर्मचारीलाई स्वदेश वा विदेशमा अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न विषय, कार्यालय सञ्चालन, शिष्टाचार, कूटनीतिक प्रचलन तथा अन्तर्राष्ट्रिय भाषा सम्बन्धी अध्ययन तथा तालीमको उपयुक्त व्यवस्था गर्नेछ ।

(४) सेवामा कार्यरत कर्मचारीले स्वदेश वा विदेशमा गरेको अध्ययन तथा तालीमको विवरण मन्त्रालयले अद्यावधिक गरी राख्नेछ ।