दफा ४८
अध्ययन प्रतिवेदनमाथि अधिकार कायम रहने
दफा ६ बमोजिम प्रस्तावकले प्रस्तावसाथ पेश गरेको अध्ययन प्रतिवेदन सम्बन्धी कागजात उपर निजको पूर्ण अधिकार कायम रहनेछ । प्रस्तावकको लिखित स्वीकृति बिना त्यस्तो अध्ययन प्रतिवेदन सम्बन्धी कागजातहरु अन्य कुनै कामको लागि प्रयोग वा प्रकाशन गरिने छैन ।