दफा १२६
अध्ययन समिति तथा उपसमिति गठन गर्न सकिने
(१) राष्ट्र बैंकले बैंकिङ्ग तथा वित्तीय कानून, कर्जा असुली, वित्तीय क्षेत्रको स्थायित्व एवं वित्तीय प्रणालीको समसामयिक सुधारका समग्र पक्षमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्र बैंक, बैंक वा वित्तीय संस्था तथा सम्बन्धित निकायका प्रतिनिधि एवं विज्ञहरु सम्मिलित एक विज्ञ अध्ययन समिति गठन गर्न सक्नेछ । (२) राष्ट्र बैंकले उपदफा (१) को प्रयोजनको लागि आवश्यकता अनुसार उपसमितिहरु समेत गठन गर्न सक्नेछ । (३) उपदफा (१) बमोजिमको अध्ययन समिति वा उपदफा (२) बमोजिमको उपसमितिको काम, कर्तव्य, अधिकार र सुविधाहरु राष्ट्र बैंकले तोके बमोजिम हुनेछ ।