दफा ३२
अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त मनोनयनका आधारहरू
अध्ययन, तालिम वा अध्ययन भ्रमणका निमित्त कर्मचारीलाई मनोनयन गर्दा मन्त्रालयले मन्त्रालय र अन्तरगतका कर्मचारीहरू मध्येबाट देहायको आधारमा मनोनयन गरिनेछः–
(क) अध्ययन, तालिम वा अध्ययन भ्रमणको विषय सम्बन्धित कर्मचारी कार्यरत रहेको समूह वा उपसमूहको निमित्त उपयोगी र आवश्यक भएको ।
(ख) अध्ययन, तालिम वा अध्ययन भ्रमणको लागि प्राप्त छात्रवृत्तिमा मनोनयनको लागि तोकिएको आवश्यकतालाई प्राथमिकता दिई दफा २९ बमोजिम शैक्षिक योग्यता, जेष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र र कार्य सम्पादनको मूल्यांकन बापत बढी अंक पाउने कर्मचारी मध्ये प्राथमिकताको आधारमा ।
(ग) स्नातक, स्नातकोत्तर वा कुनै शैक्षिक उपाधिको अध्ययनको हकमा पैंतालीस वर्ष उमेर ननाघेको ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको निमित्त,–
(१) “अध्ययन” भन्नाले स्वास्थ्य सेवासँग सम्बन्धित विषयमा गरिने अध्ययनलाई जनाउँछ ।
(२) “तालीम” भन्नाले स्नातक, स्नातकोत्तर वा कुनै शैक्षिक उपाधि प्रदान गरिने बाहेक कुनै संस्थाद्वारा निश्चित पाठ्यक्रम अनुसार निश्चित अवधिमा संचालन हुने शीप आर्जन गर्ने प्रशिक्षण कार्यक्रमलाई जनाउँछ ।
(३) “अध्ययन भ्रमण” भन्नाले अध्ययन र तालिम बाहेक ६ हप्तामा नबढ्ने गरी आयोजना हुने गोष्ठी, सेमिनार वा अवलोकन भ्रमणलाई जनाउँछ ।