नियम ३२क
अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि
(१) अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि वापत १५ अङ्कमा नबढ्ने गरी प्रति वर्ष बढीमा तीन अङ्कका दरले देहायका आधारमा पछिल्लो पाँच वर्षको अङ्क गणना गरिनेछः–
अध्यापन गरेको विषयको कक्षागत औसत उत्तीर्ण प्रतिशत
सम्बन्धित विषयको भौगोलिक इकाईको औसत उत्तीर्ण प्रतिशत
× ३
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि,–
(१) “अध्यापन गरेको विषय” भन्नाले साप्ताहिक रुपमा सबैभन्दा बढी साप्ताहिक घण्टी (क्रेडिट आवर) पढाएको विषयलाई सम्झनु पर्छ र सो शब्दले कुनै शिक्षकको त्यसरी पढाएको विषय एकभन्दा बढी भए सम्बन्धित शिक्षकले
रोजेको विषयलाई जनाउँछ ।
(२) “भौगोलिक इकाई” भन्नाले स्थानीय तह सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिम हिसाव गर्दा कुनै भौगोलिक इकाइको औसत उत्तीर्ण प्रतिशत ४० भन्दा कम भएमा ४० अङ्क मानिनेछ ।
(३) उपनियम (१) बमोजिम हिसाव गर्दा विद्यार्थीले कक्षा ३ वा ५ को उपलब्धि परीक्षा, कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा, माध्यमिक शिक्षा परीक्षा वा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको औसत अङ्कलाई आधार मान्नु पर्नेछ ।
(४) कुनै शिक्षकले कक्षा ३, ५, ८, १० वा १२ मा अध्यापन नगरी अन्य कक्षामा अध्यापन गरेको भए पनि कक्षा ३, ५, दवा माध्यमिक शिक्षा परीक्षा वा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षालाई आधार मानी अङ्क गणना गर्नु पर्नेछ ।
(५) अपाङ्गलाई मात्र अध्यापन गर्ने शिक्षकको हकमा विद्यार्थीले प्राप्त गरेको औसत अङ्कलाई ५० ले भाग गरी ३ ले गुणन गरेर वार्षिक अङ्क निकाल्नु पर्नेछ ।
तर त्यस्तो अङ्क ३ भन्दा बढी हुने छैन ।
(६) स्रोत व्यक्तिको रुपमा काम गर्ने गरी खटिएको शिक्षकको हकमा आफ्नो क्षेत्रभित्रका विद्यालयले कक्षा ३, ५, ८ माध्यमिक शिक्षा परीक्षा वा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको समग्र औसत अङ्कलाई ५० ले भाग गरी ३ ले गुणन गरेर वार्षिक अङ्क निकाल्नु पर्नेछ ।
(७) कुनै शिक्षकको शैक्षिक सत्रको बीचमा सरुवा भई विद्यालयमा कार्यरत अवधि छ महिनाभन्दा कम भएमा निजले ५ महिना भन्दा बढी अवधि काम गरेको विद्यालयको नतिजालाई आधार मानी अङ्क प्रदान गरिनेछ ।”