दफा २६
अनधिकृत तबरले प्रकाशन प्रकाशित गरेमा
(१) कसैले दफा ७ बमोजिम प्रमाणपत्र नलिईकन
कुनै प्रकाशन प्रकाशित गरेमा त्यस्तो व्यक्तिलाई पाँच हजार रुपैयाँसम्म जरिवाना वा छ
महीनासम्म कैद वा दुबै सजाय हुनेछ ।
(२) कसैले दफा ७ को उपदफा (९) बमोजिम परिवर्तन भएको विवरण नसच्याई प्रकाशन
प्रकाशित गरेमा त्यस्ता व्यक्तिलाई स्थानीय अधिकारीले तीन हजार रुपैयाँसम्म जरिवाना गर्न
सक्नेछ ।