दफा ५८
अनिवार्य एकीकरण
: करार क्षेत्रभित्रको स्थल अर्को पेट्रोलियम सम्झौता अन्तर्गतको क्षेत्रसम्म फैलिएको भएमा वा करार क्षेत्रभित्रको स्थलको विकास र उत्पादन करार क्षेत्रभित्रकै अर्को पेट्रोलियम सम्झौता अन्तर्गतको क्षेत्रसम्म फैलिएको स्थलसंग वा अर्को पेट्रोलियम सम्झौता अन्तर्गतको क्षेत्रभित्रको स्थलसँग नजोडेसम्म करार क्षेत्रभित्रको स्थल व्यापारिक नहुने भएमा विभागले त्यस्तो स्थलहरूको विकास र उत्पादन संयुक्त रूपले गर्न आदेश दिन सक्नेछ ।