नियम
अनुगमन समितिको काम, कर्तव्य र अधिकार

अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

(क) प्रत्येक गाउंँ विकास समितिको लागि एउटा र प्रत्येक नगरपालिका क्षेत्रको प्रत्येक ३० हजार जनसंख्याको वीचमा पर्ने गरी एउटाका दरले पसल सञ्चालन गर्ने सहकारी
संस्थाको छनौट गर्ने,
(ख) पसलले बिक्री गर्ने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु निर्धारण गरी उपलव्ध गराउने व्यवस्था मिलाउने,
(ग) सीमित रुपमा उपलव्ध भएका वूस्तुहरुको वेचविखनका लागि कोटा निर्धारण गर्ने तथा समन्वय गर्ने,
(घ) अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरुको गुणस्तर जाँच गर्ने,
(ङ) सुपथ मुल्य पसल मार्पत आफ्नो वस्तु र सेवा वेचविखन गर्न चाहने सार्वजनिक तथा निजी संस्थाहरुको पहिचान र प्रोत्साहन गर्ने,
(च) पसल सञ्चालन गर्ने सहकारी संस्थाको अनुगमन गर्ने,
(छ) पसल सञ्चालन गर्ने सहकारी संस्थालाई आवश्यक सुझाव तथा निर्देशन दिने,
(ज) पसल सञ्चालन गर्न प्रवद्र्धनात्मक र सहजीकरण कार्य गर्ने,
(झ) नेपाल सरकारबाट प्रदान गरिने अनुदान रकम भुक्तानी गर्ने र उपयोगको निरीक्षण गर्ने,
(ञ) राशन कार्ड व्यवस्था लागू गर्न  समितिलाई सहयोग र सुझाव दिने,
(ट) समितिबाट भएका निर्णय तथा निर्देशन कार्यान्वयन तथा लागू गर्ने ।