दफा ३०
अनुगमन समिति
: (१) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी व्यवसायको अनुगमन गर्न जिल्लास्तरमा एक अनुगमन समिति रहनेछ ।
(२) उपदफा (१) बमोजिमकोअनुगमन समितिमा देहाय बमोजिमका सदस्य रहने छन् :-
(क) प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
(ख) प्रतिनिधि, जिल्ला समन्वय समिति – सदस्य
(ग) प्रतिनिधि, सम्बन्धित जिल्ला स्थित उद्योग वाणिज्य संघ – सदस्य
(घ) प्रतिनिधि, उपभोक्ता हक हितसँग सम्बन्धित प्रतिनिधिमूलक संस्थाको तर्फबाट अध्यक्षबाट मनोनीत एक जना – सदस्य
(ङ) वाणिज्य कार्यालय (वाणिज्य कार्यालय नभएको ठाँउमा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय वा घरेलु तथा साना उद्योग विकास समिति) को प्रमुख – सदस्य सचिव
(३) उपदफा (२) को खण्ड (घ) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ र निजहरु पुन मनोनीत हुन सक्नेछन् ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनीत सदस्यले आफ्नो पद अनुसारको काम नगरेमा अध्यक्षले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।
तर त्यसरी हटाउनु अघि निजलाई आफ्नो सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(५) अनुगमन समितिको सदस्यको पद कुनै कारणबाट रिक्त हुन आएमा जुन तरिकाले त्यस्तो पदमा मनोनयन भएको हो सोही तरिकाबाट रिक्त पद पूर्ति गरिनेछ ।