नियम २९
अनुगमन सम्बन्धी व्यवस्था
प्रत्येक मन्त्रालय, सचिवालय, आयोग वा अन्य केन्द्रीय स्तरका निकायले आफ्नो र आफ्नो मातहतका कर्मचारीहरुले यस नियमावली बमोजिमको व्यवस्था पालन गरे वा नगरेको विषयमा नियमित अनुगमन गरी पालन नगर्ने कर्मचारीहरुलाई प्रचलित कानून बमोजिम विभागीय कारबाही गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।