दफा ४०
अनुगमन सम्बन्धी व्यवस्था
(१) जीवनाशक विषादी सम्बन्धी सम्पूर्ण कार्यको अनुगमन गर्ने जिम्मेवारी केन्द्रको हुनेछ।
(२) प्रदेश जीवनाशक विषादी व्यवस्थापन समितिले प्रदेशमा रहेका जीवनाशक विषादी सम्बन्धी काम कारबाहीको अनुगमन गरी प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय र समिति समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।
तर प्रदेश जीवनाशक विषादी व्यवस्थापन समितिको गठन नभएको अवस्थामा समितिले अनुगमन गरी प्रतिवेदन दिन सम्बन्धित निकाय वा अधिकृतलाई तोक्न सक्नेछ।