दफा ११
अनुज्ञापत्र नलिई शिकार गर्न नपाइने
: 11(१) अनजुज्ञापत्र प्राप्त नगरी कुनै पनि व्यक्तिले वन्यजन्तु शिकार गर्न पाउने छैन ।

तर तोकिएको वन्यजन्तु शिकार गर्न अनुज्ञापत्र लिनु पर्ने छैन ।

(२) उपद'श (१) बमोजिम अनुज्ञापत्र प्राप्त गर्न चाहने व्यक्तिले तोकिएको अधिकारी छेउ तोकिएको ढा“चामा दरखास्त दिनु पर्नेछ र त्यस्तो दरखास्त पर्न आएमा तोकिएको अधिकारीले तोकिए बमोजिम दस्तुर लिई 45 वन्यजन्तुको शिकार गर्न तोकिएको ढाँचा र प्रकारको अनुज्ञापत्र दिनेछ ।

(३) उपदफा (२) बमोजिम अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले तोकिए बमोजिमको शर्त र तरिकाहरुको अधीनमा रही शिकार गर्नु पर्नेछ ।

(४) तोकिएको अधिकारीले कुनै कारण देखाई वा नदेखाई उपदफा (२) बमोजिमको अनुज्ञापत्र दिन ईन्कार गर्न सक्नेछ ।