नियम १८४
अनुपस्थितिको सूचना
(१) कुनै सदस्य लगातार दश वटा वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहनु पर्ने भएमा तत्सम्बन्धी अग्रिम सूचना अध्यक्षलाई दिनु पर्नेछ । (२) कुनै सदस्य सभाको दश वटा भन्दा कम बैठकमा उपस्थित हुन नसक्ने स्थिति भएमा अध्यक्षलाई अग्रिम सूचना दिनु पर्नेछ । अग्रीम सूचना दिन नसक्ने कुनै मनासिब कारण भए उपस्थित भएको तीन दिनभित्र सूचना दिनु पर्नेछ । (३) उपनियम (१) वा (२) बमोजिम दिइने सूचनामा आपूm अनुपस्थित रहने अवधि र कारण समेत उल्लेख गर्नु पर्नेछ । (४) उपनियम (१) बमोजिमको सूचना भए अध्यक्षले सभाको स्वीकृतिको निमित्त प्रस्तुत गर्नेछ र उपनियम  २) बमोजिमको सूचना भए अध्यक्षले स्वीकृत गर्नेछ ।