नियम
अनुमति तथा प्रमाणपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था

(१) नियम ४ बमोजिम प्रदान गरिएको वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्रको अवधि नियम ६ बमोजिम अगावै रद्द गरिएको अवस्थामा बाहेक बढीमा एक आर्थिक वर्र्षको हुनेछ ।
(२) उपनियम (१) बमोजिम अवधि समाप्त हुनु अवागै अनुमतिपत्र तथा प्रमाणपत्र नवीकरणको लागि अनुसूची–१ मा उल्लेख भए बमोजिमको नवीकरण शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइने दरखास्तको ढाँचा र अनुमतिपत्र तथा प्रमाणपत्र नवीकरण सम्बन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।