नियम ७६
अनुमति बिना विमानस्थल निषिद्ध क्षेत्रमा प्रवेश गर्न नहुने

(१) सम्बन्धित विमानस्थल प्रमुखले तोकेको निषिद्ध क्षेत्रमा अनुमति विना प्रवेश गर्न हुँदैन ।
(२) यात्रा तथा उडान सम्बन्धी वैध कागजात तथा हवाई टिकट बाहक यात्रुलाई निजले यात्रा गर्न तय भएको वायुयानसम्म पुग्नको लागि विमानस्थल कार्यालयले तोकेको मार्गबाट प्रवेश अनुमति दिन सकिनेछ ।