दफा १२
अनुमति र सम्झौता :

(१) नेपाल ……… भित्र काम गर्न चाहने विदेशी गैर सरकारी संघ संस्थाले काम गर्नु अघि परिषद्समक्ष काम गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएको मितिले बढीमा तीन महिनाभित्र परिषद्ले निर्णय गरी अनुमति दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अनुमति प्राप्त गरेका विदेशी गैर सरकारी संघ संस्थाले नेपालभित्र कार्य सञ्चालन गर्नु अघि परिषद्सँग संझौता गर्नु पर्नेछ ।