दफा २५
अनुमति लिनु पर्ने
(१) दफा २३ बमोजिम सञ्चार अभिलेख गर्नको लागि अधिकारप्राप्त अधिकारीको अनुमति लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुमति लिनको लागि त्यस्तो अनुसन्धान अधिकारी, प्रहरी उपरीक्षक वा अधिकृतले देहायका विवरणहरु संलग्न गरी अधिकारप्राप्त अधिकारी समक्ष लिखित निवेदन दिनु पर्नेछ :
(क) निवेदन दिने अधिकारीको नाम र पद,
(ख) सम्भव भएसम्म सङ्गठित अपराधको प्रकृति र त्यस्तो अपराध भइरहेको, भएको वा हुन सक्ने स्थान र त्यस्तो अपराधस“ग सम्बन्धित अन्य विवरण,
(ग) अभिलेख गरिने सञ्चारको माध्यम र अभिलेख गरिने स्थान,
(घ) सञ्चार अभिलेख गरिने व्यक्तिको उपलब्ध भए सम्मकोविवरण ।
(३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा अधिकारप्राप्त अधिकारीले निवेदन दिने अधिकारीलाई थप प्रमाण पेश गर्न लगाउन सक्नेछ ।
(४) उपदफा (२) बमोजिम निवेदन परेमा अधिकारप्राप्त अधिकारीले अनुसन्धानको अवस्था र देहायका कुरालाई विचार गरी सञ्चार अभिलेख गर्न अनुमति दिन सक्नेछ :
(क) निवेदनमा उल्लिखित स·ठित अपराध भएको, भइरहेको वा हुन सक्ने मनासिब आधार भएमा,
(ख) सञ्चार अभिलेख गर्दा सङ्गठित अपराधस“ग सम्बन्धित सबुत प्रमाण प्राप्त हुन सक्ने मनासिब आधार भएमा,
(ग) सामान्य रुपले प्रमाण सड्ढलन गर्ने प्रयास भएकोमा त्यस्तो प्रयास सफल हुन नसकेको वा हुन नसक्ने देखिएको वा त्यस्तो कार्य गर्नु ज्यादै जोखिमपूर्ण हुन सक्ने देखिएको आधार भएमा,
(घ) त्यस्तो सञ्चारको साधन सम्बन्धित व्यक्तिको स्वामित्व, जिम्मा वा अधीनमा रहेको वा निजले बारम्बार प्रयोग गर्ने गरेको मनासिब आधार भएमा ।
(५) उपदफा (४) बमोजिम अनुमति दिंदा बढीमा साठी दिनको लागि दिन सकिनेछ ।
(६) उपदफा (४) बमोजिम अनुमति दिंदा अधिकारप्राप्त अधिकारीले अनुमतिपत्रमा देहायका कुराहरु खुलाउनु पर्नेछ :
(क) जुन व्यक्तिको सञ्चार अभिलेख गरिने हो सो व्यक्तिको नाम, थर, वतन लगायत उपलब्ध भए सम्मका अन्य विवरण,
(ख) अभिलेख गरिने सञ्चार माध्यम तथा सञ्चार अभिलेख गरिने स्थान,
(ग) सञ्चार अभिलेख गर्ने निकाय र अधिकारी भए निजको नाम, पद र अन्य विवरण,
(घ) सञ्चार अभिलेख गर्न पाउने अनुमतिको अवधि ।
(७) अधिकारप्राप्त अधिकारीले यस दफा बमोजिम अनुमति दिंदा अनुसन्धान अधिकारी आफै ले वा निजको प्रत्यक्ष निर्देशन र निगरानीमा रही अन्य प्रहरी कर्मचारी वा सञ्चार सेवाको सञ्चालकले मात्र सञ्चार अभिलेख गर्ने गरी दिनु पर्नेछ ।
(८) यस दफा बमोजिम सञ्चार अभिलेख गर्ने अनुमति दिंदा अधिकारप्राप्त अधिकारीले सम्बन्धित व्यक्तिलाई सम्बन्धित संस्थाको सुबिधाबाट सेवा प्राप्त गर्न कुनै प्रकारको अवरोध नहुने गरी अभिलेख गर्न अनुमतिप्राप्त अधिकारीलाई त्यस्तो सूचना इन्टरसेप्ट गर्न सम्बन्धित सञ्चार सेवा तथा आवश्यक
प्राविधिक सहयोग उपलब्ध गराउन सञ्चार सेवा प्रदायक वा सो व्यवसायको धनी वा सञ्चालन गर्ने व्यक्ति वा अन्य सम्बन्धित व्यक्तिलाई आदेश दिनु पर्नेछ ।
(९) यस दफा बमोजिम भएको कारबाही वा आदेश गोप्य रुपमा हुनु पर्नेछ र त्यस्तो कारबाही वा आदेशको जानकारी अधिकारप्राप्त व्यक्ति बाहेकको अन्य व्यक्तिलाई कुनै किसिमबाट दिएमा वा सड्ढेत गरेमा त्यस्तो काम गर्ने व्यक्तिले मतियार भई यस ऐन बमोजिमको अपराध गरेको मानिनेछ ।