नियम २४
अनुमति वा मान्यता प्राप्त संस्थाबाट मात्र मर्मत तथा संभार गर्नु पर्ने
(१) नियम २२ र्वा े २३ बमोजिम वायुयान तथा वायुयानको ईन्जिन तथा अन्य पार्टपुर्जाहरुको नियमित वा आकष्मिक रुपमा मर्मत तथा संभार गराउँदा नियम २८ को उपनियम (२) बमोजिम अनुमति
प्राप्त वा नियम ४९ को उपनियम (२) बमोजिम मान्यता प्राप्त संस्थाबाट मात्र नेपाली वायुयानको इन्जिन तथा पार्टपूर्जाको मर्मत तथा संभार गराउनु पर्नेछ ।
(२) वायुयानको नियमित ओभरहल मर्मत गर्ने र सो व्यहोरा प्रमाणित गराउने सम्बन्धी अन्य व्यवस्था एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।