नियम ४
अनुमतिको लागि निवेदन दिनु पर्ने
(१) वित्तीय मध्यस्थताको काम गर्न चाहने संस्थाले अनुसूची-१ बमोजिमको ढांचामा बैंक समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उप-नियम (१) बमोजिम निवेदन दिंदा ऐनको दफा ४ मा उल्लिखित विवरणका अतिरिक्त देहाय बमोजिमका विवरण तथा कागजातहरु पेश गर्नु पर्नेछ :-
(क) संस्थाका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र हालसालै खिचिएको राहदानी आकारको फोटो,
(ख) संस्थाले हालसम्म सम्पादन गरेका कामहरुको संक्षिप्त विवरण,
(ग) संस्थाको अघिल्लो आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन,
(घ) समाज कल्याण परिषदको संस्था आवद्ध भएको भए सो प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,
(ङ) संस्थाले वित्तीय मध्यस्थताको काम गर्न चाहेको भौगोलिक क्षेत्र तथा सो क्षेत्रमा बसोवास गर्ने वासिन्दाको रहनसहन, पेशा, गरिवी, बेरोजगारी आदिको संक्षिप्त परिचय,
(च) संस्थाको गत वर्षको तथा आगामी ३ वर्षको अनुमानित आय-व्यय विवरण र कार्य योजना,
(छ) संस्थाले स्वदेशी वा विदेशी संघ, संस्था वा व्यक्तिबाट क्रण वा अनुदान लिने सम्बन्धमा सम्झौता गरेको भए सो को प्रमाणित प्रतिलिपि, र
(ज) संस्थाको कारोवार वन्द भएमा वा अन्य कुनै कारणले दायित्व भुक्तानी गर्नु परेमा संस्थाका संस्थापकहरुले आ-आफूनो घर घरानाबाट वा चल अचल सम्पत्तिबाट तिर्न मंजुर गरेको मंजुरीनामाको प्रमाणित प्रतिलिपि ।