दफा
अनुमतिपत्र दिनमा वन्देज

यस ऐन बमोजिम कुनै क्षेत्रमा विद्युत वितरणको लागि कुनै व्यक्ति वा संगठित संस्थालाई अनुमतिपत्र दिइएकोमा त्यस्तो अनुमतिपत्रको अवधि भर सोही क्षेत्रमा विद्युत वितरणका लागि अन्य कुनै व्यक्ति वा संगठित संस्थालाई अनुमतिपत्र दिइने छैन ।
तर अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस क्षेत्रको विद्युतको माग पूर्ति गर्न नसकेको भन्ने कुरा देखिन आएमा अन्य कुनै व्यक्ति वा संगठित संस्थालाई पनि सो क्षेत्रमा विद्युत वितरण गर्न अनुमतिपत्र दिन सकिनेछ ।