दफा ४
अनुमतिपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
(१) वस्तु विनिमय बजार सञ्चालन गर्न चाहने संगठित संस्थाले वस्तु विनिमय बजार सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गर्न तोकिए बमोजिमको विवरण, कागजात तथा निवेदन शुल्कसहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) वस्तु कारोबार, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गर्न चाहने संस्थाले वस्तु कारोबार, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गर्न तोकिए बमोजिमका विवरण, कागजात तथा निवेदन शुल्कसहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम निवेदन दिने संगठित संस्था वा संस्थाको योग्यता तोकिए बमोजिम हुनेछ ।