नियम २९
अनुमतिपत्र सम्बन्धमा

(१) ऐनको दफा १६ बमोजिम समितिले बाली निरीक्षण,बीउ बिजन नमूना सङ्कलन तथा बीउ बिजन विश्लेषण गर्नका लागि देहाय बमोजिमको विवरण सहित राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी निवेदन माग गर्नेछः–
(१) नागरिकताको प्रमाणपत्र
(२) योग्यता
(३) सरकारी कार्यालयमा कार्यरत भए सम्बन्धित कार्यालयको स्वीकृति
(४) परीक्षा किसिम
(५) परीक्षा दस्तुर
(६) अन्य आवश्यक विवरणहरू ।
(२) बाली निरीक्षण, बीउ बिजन नमूना सङ्कलन तथा बीउ बिजन विश्लेषण सम्बन्धी व्यवसाय सञ्चालन गर्न चाहनेले अनुमतिपत्रको लागि उपनियम (१) बमोजिम समिति समक्ष निवेदन दिनु पर्नेछ ।