नियम २३
अनुमतिपत्रको अवधि र नवीकरण दस्तुर
(१) अभिमुखीकरण तालिम प्रदान गर्नेसंस्थाले प्राप्त गरेको अनुमतिपत्र एक आर्थिक वर्षसम्म मान्य हुनेछ । अनुमतिपत्र जुनसुकै मितिमा प्रदान गरिएको भए तापनि सो आर्थिक वर्षको अन्त्यमा त्यस्तो अनुमतिपत्रको
अवधि समाप्त हुनेछ ।
(२) अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र देहायका विवरण पेश गरी अनुमतिपत्र नवीकरण गराउन सक्नेछः–
(क) अघिल्लो आर्थिक वर्षको प्रगति,
(ख) संस्थाको भौतिक, वित्तीय र जनशक्ति,
(ग) प्रचलित कानून बमोजिम अघिल्लो आर्थिक वर्षको कर दाखिला गरेको प्रमाण,
(ग१) कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी अचावबधिक गरेको विवरण र्‌ अघिल्लो आर्थिक वर्षसम्मको इजाजतपत्र नवीकरण गरेको प्रमाण,
(घ) विभागले तोकेको अन्य आवश्यक विवरण ।
(३) उपनियम (२) बमोजिम अनुमतिपत्र नवीकरण गराउ“दा दश हजार रुपैयाँ दस्तुर तिर्नु पर्नेछ ।
(४) ऐन प्रारम्भ हुँदाका बखत अनुमति पाई तालिम सञ्चालन गरिरहेका संस्थाले आफूले पाएको अनुमति नवीकरणको लागि यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र विभागमा निवेदन दिन सक्ने र त्यस्तो निवेदन जाँचबुझ गर्दा विभागले त्यस्तो संस्थाको पूर्वाधार, जनशक्ति लगायत अन्य स्रोत साधन पर्याप्त देखेमा नियम २२ बमोजिमको धरौटी र अनुमतिपत्र दस्तुर लिई त्यस्तो संस्थाको अनुमति नवीकरण गरि दिनु पर्नेछ । त्यसरी म्यादभित्र नवीकरण नगराउने इजाजतपत्रवालाले तालिम सञ्चालन व्यवसाय गर्न पाउने छैन ।
(५) उपनियम (२) र (४) बमोजिम अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र रद्द हुनेछ ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाले ऐन तथा यस नियमावली विपरीत कुनै काम गरेको पाइएमा विभागले त्यस्तो संस्थाको अनुमतिपत्र निश्चित अवधिसम्मको लागि निलम्वन गर्न वा रद्द गर्न सक्नेछ ।
(७) उपनियम (६) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि विभागले सम्बन्धित संस्थालाई आफ्नो सफाइ पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।
(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक र निजको एकाघर सगोलका परिवारका सदस्यले नियम २१ बमोजिमको सँस्था सञ्चालन गर्न पाउने छैन ।
(९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो नियम प्रारम्भ भएपछि एकाघर सगोलका परिवारका सदस्यको शोयर रहेको नियम २१ वमोजिमको एक भन्दा बढी संस्थालाई अनुमतिपत्र दिइने वा नवीकरण गरिने छैन ।
(१०) यो नियम प्रारम्भ हुँदाका बखत उपनियम (९) बमोजिम एकाघर सगोलकां परिवारका सदस्यको शैयर रहेको एक भन्दा बढी संस्था भएमा त्यस्ता संस्थाहरू एक आपसमा गाभेर सञ्चालन गर्न सकिनेछ ।