नियम २४
अनुमतिपत्रको लागि निवेदन माग गर्ने
(१) प्राधिकरणले राष्ट्रियस्तरको दैनिक पत्रिकामा
सूचना प्रकाशन गरी विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने लगानीकर्ताबाट
निवेदन माग गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचनामा विशेष आर्थिक क्षेत्रमा स्थापना गर्न
सकिने उद्योग, उपलब्ध पूर्वाधार, न्यूनतम भाडादर, निवेदन दिनु पर्ने स्थान र अन्तिम
मिति लगायतका विषय उल्लेख गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वीकृतिपत्र
प्राप्त व्यक्तिबाट स्थापना, सञ्चालन तथा व्यवस्थापन भएको विशेष आर्थिक क्षेत्रको
हकमा स्वीकृतिपत्र प्राप्त व्यक्तिले व्यवस्था गरे बमोजिम हुनेछ ।