दफा २७४
अनुवादकको सहयोग लिन सक्ने

(१) अदालतले नेपाली भाषा नबुझ्ने कुनै पक्ष वा साक्षीको बयान वा बकपत्र गराउनु परेमा वा अन्य कुनै प्रयोजनकोलागि सम्बन्धित भाषाको अनुवादकको सहयोग लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बयान वा बकपत्रको लागि अनुवादकको सहयोग लिँदा भएको खर्च सम्बन्धित पक्षले व्यहोर्नु पर्नेछ।