दफा १२
अनुसन्धान अधिकारी
: (१) यस ऐन बमोजिमको कसूरको अनुसन्धान तथा तहकिकात गर्न वितरकले अनुसन्धान अधिकारी तोक्नेछ ।(२) उपदफा (१) बमोजिमको अनुसन्धान अधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) कसूर भइरहेको वा हुन लागेको भन्ने सम्बन्धमा कसैबाट सूचना प्राप्त भएको वा नभएको अवस्थामा पनि कसूर हुन लागेको छ भन्ने शङ्का गर्नु पर्ने मनासिब आधार भएको अवस्थामा अनुसन्धान अधिकारीले त्यस्तो स्थानमा गई आवश्यक प्राविधिक जाँचबुझ गरी कसूर भएको वा गरेको देखिएमा तत्काल लाइन काटी कसूरसंग सम्बन्धित मालवस्तु आफ्नो कब्जामा लिई त्यसको निस्सा दिने र कसूरदारलाई सोधपुछ गरी सरजमिन मुचुल्का तयार गर्ने,
(ख) कसूरको अनुसन्धान तथा तहकिकात गरी कसूरदारले वितरकलाई पु¥याएको वास्तविक हानि नोक्सानी मूल्याङ्कन गर्ने ।
(३) कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा अनुसन्धान अधिकारीलाई सहयोग पु¥याउनु स्थानीय प्रशासन, स्थानीय तहका पदाधिकारी, प्रहरी तथा सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
(४) अनुसन्धान अधिकारीले कसूरको अनुन्धान तथा तहकिकात गर्दा बाधा विरोध गर्ने व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।