नियम २३
अनुसन्धान अधिकृतको नियुक्ति गर्ने वा तोक्ने
(१) नियम २२ बमोजिम प्राप्त प्रतिवेदन समेतको आधारमा सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर भएको वा हुन सक्ने मनासिब आधार भई विभागको प्रमुखले अनुसन्धान अधिकृत नियुक्त गर्दा वा तोक्दा अनुसूची–२ बमोजिमको ढाँचामा नियुक्त गर्नु वा तोक्नु पर्नेछ ।
(२) विभागको प्रमुखले उपनियम (१) बमोजिम अनुसन्धान अधिकृत नियुक्त गर्दा वा तोक्दा अनुसन्धान सम्पन्न गर्न आवश्यक पर्ने समयावधि तोकी सहयोगी कर्मचारीको नाम समेत उल्लेख गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र अनुसन्धान सम्पन्न हुन नसकेमा अनुसन्धान अधिकृतले सो को कारण खुलाई अवधि थप गर्न विभागको प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम अवधि थप गर्नको लागि अनुरोध भएमा अनुसन्धानको प्रकृति एवम् प्रगति हेरी विभागको प्रमुखले एक पटकमा ंतीस दिनमा नबढ्ने गरी आवश्यक अवधि थप्न सक्नेछ ।