दफा १६
अनुसन्धान केन्द्रको स्थापना
(१) विश्वविद्यालयले शैक्षिक, प्राज्ञिक तथा अनुसन्धान सम्बन्धी कार्य गर्नको लागि विभिन्न अनुसन्धान केन्द्रहरू स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना हुने अनुसन्धान केन्द्रहरूको काम, कर्तव्य र अधिकार तथा संचालन सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।