दफा १५ख
अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्न सकिने
:(१) वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शन गर्ने ख्यातिप्राप्त स्वदेशी वा विदेशी संघ, संस्थाले अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको प्रयोजनको लागि कुनै वन्यजन्तु माग । गरी नेपालको राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र तथा वन्यजन्तुको संरक्षण, सम्बर्द्वन र विकासको लागि सहयोग पुयाउने लिखित प्रतिबद्धतासहित निवेदन पेश गरेमा नेपाल सरकारले त्यस्तो कार्यको लागि उक्त संस्थालाई वन्यजन्तु प्रदान गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अध्ययन वा अनुसन्धानको लागि कुनै वन्यजन्तु प्रदान गर्दा त्यस्तो अध्ययन वा अनुसन्धानबाट प्राप्त हुने नतिजा नेपालको लागि समेत उपयोगी हुने ठानेमा नेपाल सरकारले त्यस्तो नतिजा नेपाललाई समेत उपलब्ध गराउने शर्तसहित त्यस्तो वन्यजन्तु प्रदान गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम वन्यजन्तु प्रदान गर्दा लाग्ने दस्तुर, पालना गर्नुपर्ने शर्त तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।