नियम ३४
अन्तरकालीन आदेश दिन सक्ने
अदालतमा विचाराधीन रहेको कुनै मुद्दाको सन्दर्भमा मुद्दाको अन्तिम किनारा नभएसम्म कुनै कुरा रोक्नु वा जारी राख्नु पर्ने आवश्यक छ भनी कारण सहित मुद्दाको कुनै पक्षले निवेदन दिएकोमा अदालतलाई निवेदनको व्यहोरा युक्तियुक्त लागेमा मुद्दा जुनसुकै अवस्थामा पुगेको भएपनि अदालतले कुनै निश्चित समयका लागि कुनै काम रोक्नु वा भइरहेका काम अवधि किटान गरी वा नगरी जारी राख्नु भनी मुद्दाका कुनै पक्षका नाममा आवश्यक आदेश जारी गर्न सक्नेछ ।