दफा १६
अन्तरिम आदेश जारी गर्न सक्ने
(१) न्यायाधिकरणमा विचाराधीन रहेको कुनै मुद्दाका सम्वन्धमा ऋण लिनको लागि राखिएको धितो वा ऋणीको जमानत दिने व्यक्तिको स्वामित्व वा कब्जामा रहेको वा हक भएको चल वा अचल सम्पत्ति हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न आवश्यक छ भन्ने कुरा पक्षको निवदेनको आधारमा न्यायाधिकरणलाई लागेमा अर्को आदेश नदिएसम्म त्यस्तो सम्पत्ति रोक्का राख्न सम्वन्धित कार्यालयको नाममा न्यायाधिकरणले अन्तरिम आदेश जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेशको पालना गर्नु सम्वन्धित कार्यालयको कर्तव्य हुनेछ ।