दफा १५९
अन्तरिम आदेश रद्द हुने

(१) एक पक्षीय सुनवाई गरी अन्तरिम आदेश जारी भएको वा आफ्नो कुरा प्रस्तुत गर्न मौका नपाएको कारण खुलाई कुनैपक्षले अदालतबाट जारी भएको अन्तरिम आदेश रद्द गर्ने माग गरी सोही अदालतमा निवेदन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा अदालतले अर्को पक्षलाई झिकाई त्यस उपर सुनुवाई गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सुनुवाई गर्दा सो विषयमा अघि जारी गरेको अन्तरिम आदेश रद्द गर्न उपयुक्त देखेमा अदालतलेकारण खुलाई त्यस्तो आदेश रद्द गर्नेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले अन्तरिम आदेश रद्द नगरी त्यसका शर्त संशोधन वा हेरफेरगर्न उपयुक्त देखेमा त्यसको कारण खुलाई अन्तरिम आदेशका त्यस्ता शर्त संशोधन वा हेरफेर गर्न सक्नेछ ।