नियम २१
अन्तर्वार्ता सम्बन्धी व्यवस्था
(१) नियम २० बमोजिम प्रकाशित सूचनामा उल्लेखित उम्मेदवारको अन्तर्वार्ता लिनको लागि आयोगले सम्बन्धित क्षेत्रका विशेषज्ञ सहित रहेको कम्तीमा तीन सदस्यीय अन्तर्वार्ता समिति गठन गर्नेछ ।
(२) अन्तर्वार्ता समितिको बैठक सम्बन्धी कार्यविधि आयोगले तोके बमोजिम हुनेछ ।