दफा २०
अन्तिम नामावलीे प्रकाशन
(१) आयोगले दफा १९ बमोजिम अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले पैंतीस दिन भित्र केन्द्रीय डाटा बेसमा दोहोरिएको यकिन (डुप्लिकेशन भेरिफिकेशन) समेत गरी पुनरावलोकन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावलोकन गरी तयार गरिएको अन्तिम मतदाता नामावली आयोगले स्वीकृत गरी तोकिएको कार्यविधि पूरा गरी प्रकाशन गर्नु पर्नेछ ।