नियम १०
अन्तिम मतदाता नामावली प्रकाशन गर्ने
(१) निर्वाचन अधिकृतले नियम ८ बमोजिम उजूरी परेकोमा त्यस्तो उजूरीका सम्बन्धमा नियम ९ बमोजिम जाँचबुझ समेत गरी र उजूरी नपरेकोमा उजूरी गर्ने म्याद समाप्त भए पछि अन्तिम मतदाता नामावली तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिमको अन्तिम मतदाता नामावली आयोगमा पठाउनु पर्नेछ र सो मतदाता नामावली आयोगले आफ्नो वेबसाइटमा प्रकाशन गर्नेछ ।