नियम १४
अन्य कर्मचारीको काम, कर्तव्य र अधिकार
महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकील बाहेकका अन्य कर्मचारीले दैनिक प्रशासनिक काम कारबाहीका अतिरिक्त मुद्दा मामिलाको बहस पैरवी, प्रतिरक्षा लगायतका काममा विभागीय प्रमुखले तोके बमोजिम सम्बन्धित सरकारी वकीललाई सहयोग गर्नु पर्नेछ ।